जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकका प्रमुख कार्यकारी दहालको बार्षिक पारिश्रमिक ४६ लाख रुपैयाँले बढ्यो, १ करोड ८४ लाख

सानिमा बैंकका प्रमुख कार्यकारी दहालको बार्षिक पारिश्रमिक ४६ लाख रुपैयाँले बढ्यो, १ करोड ८४ लाख

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको तलब एक बर्षमा ४६ लाख रुपैयाँले बढेको छ। बैंकले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै तलब एक करोड ८४ लाख १५ हजार रुपैयाँ पुगेको जनाएको छ।

अघिल्लो आर्थिक बर्ष उनले तलब, भत्ता र अन्य सुविधाहरु गरेर एक करोड ४६ लाख रुपैयाँ बुझेका थिए। बैंकका प्रमुख ब्यवस्थापकहरुले ३ करोड ८६ लाख ९२ हजार रुपैयाँ बुझेका छन्।

प्राप्त तलबमा  नाफाबाट पाइने बोनस जोडिएको छैन। बैंकले वार्षिक प्रतिवेदनमा बोनस के-कति बुझे भनेर खुलाएको छैन। 

बैंकले सञ्चालक समिति अध्यक्षलाई प्रति बैठक १३ हजार र सञ्चालकहरुलाई १२ हजार उपलब्ध गराउने गरेको छ। यसबाहेक टेलिफोन, पत्रपत्रिका भनेर मासिक १२ हजारका दरले उपलब्ध गराउने गरेको छ। सञ्चालकहरुले गत बर्ष भत्ता बापत ३६ लाख ४३ हजार रुपैयाँ लगेका थिए।

बैंकले आगामी कात्तिक २४ गते बार्षिक साधारणसभा गर्दैछ। सभामा नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत हुन आउने एक अर्ब ६४ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव लगिँदैछ। यसबाहेक नगद लाभांश बापत ८ करोड ६६ लाख रुपैयाँ वितरण गर्दैछ। बैंकले गत बर्ष २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

5875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?