जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले छैठौ पटक पनि आफैले किन्यो डेढ अर्ब बढीको ट्रेजरी विल्स

राष्ट्र बैंकले छैठौ पटक पनि आफैले किन्यो डेढ अर्ब बढीको ट्रेजरी विल्स

राष्ट्र बैंकले ९ प्रतिशत हाराहारी बोलकबोल गर्ने बैंकलाई मात्रै ट्रेजरी विल्स बिक्री गरेको छ। महँगो ब्याज पेश गर्ने बैंकहरुलाई भने विल्स बिक्री नगरी आफैँले खरिद गरेको छ।

राष्ट्र बैंकले सोमबार ९१ र ३६४ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी विल्स बिक्री गरेको थियो जसमा ३६४ दिन अवधिको १ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी विल्स आफैले खरिद गरेको छ। केन्द्रिय बैंकले ३६४ दिन अवधिको ट्रेजरी विल्समा अधिकतम ९.०८ प्रतिशत ब्याजदर पेश गर्ने बैंकलाई मात्र विल्स बिक्री गरेको छ।

राष्ट्र बैंकले बिक्री गरेको ९१ दिन अवधिको ट्रेजरी विल्समा औसत ब्याजदर ९.०५ प्रतिशत कायम भएको छ भने ३६४ दिन अवधिको ट्रेजरी विल्समा ९.०३ प्रतिशत दर कायम भएको छ।

यसअघि पनि केन्द्रीय बैंकले ५ पटकसम्म ट्रेजरी विल्स आफैले खरिद गरेको थियो। बैंकहरुले अत्याधिक धेरै दर पेश गरेको भन्दै केन्द्रीय बैंकले ट्रेजरी विल्स आफैले खरिद गरेको हो। विगतमा पनि बैंकहरुले केन्द्रिय बैंकसँग लिने सापटीको दरभन्दा धेरै दर पेश गरेमा ट्रेजरी विल्स आफैले खरिद गर्ने गरेको थियो।

चालु आर्थिक वर्षको सुरुवातमा ट्रेजरी विल्सको दर १४ प्रतिशतसम्म पुगेको थियो। केन्द्रिय बैंकको लगातारको हस्तक्षपले अहिले ट्रेजरी विल्सको दर ९ प्रतिशतको हाराहारी कायम भएको छ। यसभन्दा अघि भदौ ७ गते निष्कासन वगरेको ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.०२४५ प्रतिशत रहेको थियो ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका