जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चर्को ब्याज र चालु पुँजी बारे छलफल गर्न मन्त्रीपरिषदमा उठ्यो कुरा, प्रधानमन्त्री बैठक डाक्दै

चर्को ब्याज र चालु पुँजी बारे छलफल गर्न मन्त्रीपरिषदमा उठ्यो कुरा, प्रधानमन्त्री बैठक डाक्दै

मन्त्रीपरिषद्को बैठकमा राष्ट्र बैंकको निति र व्यवसायीले भोग्नु परेको समस्याका बारेमा छलफल भएको छ। मंगलबार पुसबाट चार बस्तुको पनि आयात खुलाउन बसेको बैठकमा अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नर राजनीतिक रुपमा प्रस्तुत भएको संकेत गर्दै प्रधानमन्त्रीको अग्रसरतामा बृहत्त छलफल हुनु पर्ने बताएका थिए।
सहभागी एक मन्त्रीक अनुसार, अर्थमन्त्री जनार्दन शर्माले तरलता अभावसँगै चर्किएको ब्याज दर, चालु पुँजी कर्जाजस्ता बिषयले व्यवसायी मर्कामा परेको बताएका थिए।

व्यवसायीले अस्ति अर्थमन्त्री शर्मालाई भेटेका थिए भने हिजो प्रतिपक्षी दलका नेता केपी ओली र सत्तापक्षका नेता पुष्पकमल दाहाललाई भेटेर समस्याका बारेमा अवगत गराएका थिए।

मंगलबार बिहान नेपाल उद्योग बाणिज्य महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्याका बारेमा अवगत गराएको थियो।

त्यसपछि साँझ बसेको मन्त्री परिषद् बैठकमा अर्थमन्त्रीले प्रधानमन्त्रीले समस्या समाधान गर्न के गर्न सकिन्छ भनेर सर्वपक्षीय बैठक डाक्न भनेका हुन्। यसमा प्रधानमन्त्री सकारात्मक रहेको ती मन्त्रीले जानकारी दिए।

अर्थमन्त्रीले प्रधानमन्त्रीसहित निजी क्षेत्रका प्रतिनिधि संगठनका अध्यक्षहरु, अर्थमन्त्रालय, राष्ट्र बैंकसहितको बैठक डाक्न प्रस्ताव गरेका हुन्।

अहिले गभर्नर देश बाहिर छन्। उनी फर्किएपछि छिट्टै बैठक डाकिने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो।

1955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?