जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले पनि घटायो मंसिर महिनाको ब्याजदर !

कृषि विकास बैंकले पनि घटायो मंसिर महिनाको ब्याजदर !

कृषि विकास बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको ब्याजदर घटेको छ।

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर प्रदान गरिने छ । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा बैंकले ५.२५ प्रतिशत देखि ७.२५ प्रतिशत दिदैं आएको थियो भने रेमिट्यान्स खातामा ८.२५ प्रतिशत ब्याजदर रहेको थियो।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ९.५१२ प्रतिशत ब्याजदर तय गरेको छ । मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ८.०१२ प्रतिशत ब्याज पाउने छन् ।बैंकले रेमिट्यान्स बचत खातामा १०.५१२ प्रतिशत ब्याजदर तय गरेको छ।

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। तेस्तै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर भने बैंकको वेवसाइट हेर्न आग्रह गरिएको छ।

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ९.०१० प्रतिशत देखि ९.५१२ र संस्थागतमा ८.०१२ प्रतिशत ब्याज दिंदै आएको थियो ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका