जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कुमारी र एनसीसी बैंकको साधारणसभा रोक्न परेको मुद्दा फिर्ता

कुमारी र एनसीसी बैंकको साधारणसभा रोक्न परेको मुद्दा फिर्ता

कुमारी र एनसीसी बैंकको साधारणसभा रोक्न भन्दै अदालतमा परेको मुद्दा एनबी समूहले फिर्ता लिएको छ । एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठले यसअघि दुवै बैंकको साधारणसभा रोक्न भन्दै उच्च अदालतमा मुद्दा दायर गरे पनि शुक्रबार भने मुद्दा फिर्ता लिएका हुन् ।

मर्ज सम्बन्धि अन्तिम निर्णयको लागि एनसीसी बैंक र कुमारी बैंक दुबैले मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । उक्त साधारणसभा रोक्न माग गर्दै एनबी समूहले मंसिर १८ गते उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । तर, उनले शुक्रबार नै मुद्दा फिर्ता लिएका हुन् ।

अदालतले २० गतेको लागि छलफलमा दुबै पक्षलाई बोलाएको थियो । छलफलमा दुबै बैंकबाट उपस्थिति भएपनि निवेदकहरु नै उपस्थित भएनन् । आज अदालत पुगेर उनले मुद्दा फिर्ता लिएको स्रोतको भनाइ छ । अदालतले आजका लागि पेशी तोकेको थियो ।

उनले मुद्दा फिर्ता लिएसँगै अब एनसीसी बैंक र कुमारी बैंकको साधारणसभा पूर्व निर्धारित समयमै हुने बताइएको छ । यी दुई बैंकबीच मर्जरको सम्झौता पनि भइसकेको छ ।

एनबी समूहले मर्जरपछि बन्ने कुमारी बैंकको सञ्चालकमा आफ्नो छोरालाई पनि राख्नु पर्ने र हरिसिद्धीको जग्गा आफुले पाउनु पर्ने माग राख्दै आएका छन् । त्यसैका लागि पनि उनले मुद्दा दर्ता गराएको स्रोतको भनाइ छ ।

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका