जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पेप्सीकोद्वारा नेपालमा विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुरु

पेप्सीकोद्वारा नेपालमा विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुरु

पेप्सीकोले आफ्नो विश्वव्यापी इनर्जी ड्रिङ्क स्टिङ्गको बिक्री शुभारम्भसंगै नेपालमा आफ्ना वेभरेजहरुको उपलब्धतालाई बढाएको छ । जसले ग्राहकहरुलाई ऊर्जाशील बनाउने सम्पूर्ण तयारी गरेको छ । ब्राण्डद्वारा नेपालमा पहिलो पटक “द स्टिङ्ग इनर्जी” प्रचार अभियान अघि बढाएको छ । यस अभियान अन्तर्गत एक नयाँ जीवन्त टिभिसि विज्ञापनद्वारा ब्राण्डको ऊर्जा प्रतिबद्धतालाई अत्यन्त रचनात्मक एवं रमाइलो तरिकाद्वारा दर्शाइएको छ । 

‘बिक्री शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीकोका नेपाल हेर्ने वरिष्ठ बजार निर्देशक नसीब पुरीले भने, “हामी हाम्रो इनर्जीेले भरपूर ब्राण्ड नेपालमा ल्याउन पाएकोमा हर्षित भएका छौं । स्टिङ्ग असाधारण रुपमै एक उत्कृष्ट स्वादको ड्रिङ्क हो जसले शरीरलाई मात्र नभई मस्तिष्कलाई समेत झकझकाउँछ । हामीलाई विश्वास छ, स्टिङ्गले देशभरका युवाहरुको मन मुटु, मस्तिष्क र स्वादमा राज गर्नेछ र यो नयाँ मनोरञ्जक अभियानले हाम्रा ग्राहकहरु जो सधैं सक्रिय हुनुहुन्छ वहाँहरुसंग बलियोरुपमा प्रतिध्वनित हुनेछ ।”

नयाँ स्टिङ्ग टिभिसि टिभि, डिजिटल, आउटडोर र सामाजिक सञ्जालहरुमा व्यापक रुपमा प्रदर्शन गरिने जनाएको छ । अभियानलाई वर्षैभरी नै विभिन्न ग्राहक सम्पर्क केन्द्रहरु मार्फत् देशव्यापी रुपमा व्यापक बनाइनेछ । स्टिङ्ग २५० मिलिको प्याकमा नेपालका सबै आधुनिक एवं परम्परागत फुटकर बिक्रीस्थलहरु लगायत अग्रणी इ कमर्स प्लेटफर्महरुमा पनि उपलब्ध हुने जनाएको छ ।

2495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका