जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंक, बीमा, इन्टरनेट र टेलिफोन सेवामा हड्ताल गर्न निषेध

बैंक, बीमा, इन्टरनेट र टेलिफोन  सेवामा हड्ताल गर्न निषेध

सरकारले तार वा टेलिफोन सेवा, सञ्चार र इन्टरनेट सेवासँगै बैंक, बीमा सेवामा हड्ताल गर्न निषेध गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यी सेवाहरु अत्यावश्यक सेवामा पर्ने भएकाले कुनै पनि बहानामा सेवामा अवरोध पुर्‍याउन निषेध गरेको छ।

सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको हो।

तार वा टेलिफोन सेवा, सञ्चार र इन्टरनेट सेवा, बैंक, बीमाबाहेक अन्य २० वटा सेवाहरुमा हड्ताल गर्न निषेध गरेको सूचनामा उल्लेख छ।

9715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका