जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सले वितरण गर्याे नगद लाभांश

नेपाल लाइफ इन्स्योरेन्सले वितरण गर्याे नगद लाभांश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले मंसिर ८ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले साधारण सभा सम्पन्न भएको मितिदेखिनै लाभांश वितरण गर्न सुरु गरेकाले आफ्नो लाभांश जम्मा भए नभएको एकिन गर्न समेत आग्रह गरेको छ ।

पछिल्लो समय कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामानै जम्मा गर्दै आएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरुलाई यथासिघ्र गराउने समेत कम्पनीले आग्रह गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । यसर्थ मंसिर १७ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको सम्बन्धित बैंक तथा वित्तीय सस्थाबाट फुकुवा पत्र प्राप्त गरेपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीको विगत दश वर्षको लाभांश वितरणको अवस्थालाई हेर्दा पहिलो पटक नगद लाभांश मात्र वितरण गरेको देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको छ । बीमा कम्पनीहरुमा पूँजीबृद्धिको दबाब परिरहेको अवस्थामा यस कम्पनीको पूँजी नियामकले तोके बमोजिम बढी रहेको छ ।

जीवन बीमा कम्पनीले रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड पु¥याउनुपर्नेछ । गत वर्ष कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

2130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?