जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सरकार र निजी क्षेत्रका दुई पाङ्ग्रा सँगसँगै गएन भने आर्थिक विकास हुदैनः अर्थमन्त्री शर्मा

सरकार र निजी क्षेत्रका दुई पाङ्ग्रा सँगसँगै गएन भने आर्थिक विकास हुदैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै गएन भने आर्थिक विकास हुन नसक्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शर्माले भने, ‘सरकारले निजी क्षेत्रलाई एउटा पाङ्ग्राको रूपमा लिएको छ । सरकार एउटा पाङ्ग्रा हो भने निजी क्षेत्र अर्को पाङ्ग्रा हो । यी दुई पाङ्ग्रा सँगसँगै गए भने मात्रै आर्थिक विकास हुन्छ ।’

त्यस्तै, उनले सरकारले निजी क्षेत्रलाई छुट्टै तरिकाले हेर्छ भन्ने बुझाइ हटाउन समेत आग्रह गरे । ‘निजी क्षेत्रलाई सरकारले आफ्नो अभिन्न अङ्गको रूपमा बुझेको छ । निजी क्षेत्रले सरकारले हामीलाई छुट्टै बुझ्छन् भन्ने बुझाइबाट अन्त्य हुन म आग्रह गर्न चाहन्छु’, कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अगाडी भने, ‘हामीलाई सरकारले अलग्गै हेर्छन् भनेर बा उनीहरूले हामी अलग्गै हौँ भन्न खोजेका हुन् भने अर्कै कुरा हो ।’

उनका अनुसार भूकम्प, कोरोना र अन्य विविध प्राकृतिक विपदहरुको संकटहरुलाई समेत सामना गर्दै नेपालको अर्थतन्त्र सकारात्मकरुपमा नै अगाडी बढ्दै गइरहेको छ । अर्थतन्त्रमा आउने समस्याहरू केबल आन्तरिक मात्रै कारण भएर यसलाई अन्तर्राष्ट्रिय कारणहरू पनि हुन् ।

‘हामीसँगै चुनौती समस्या छैनन भन्न खोजेको होइन । तर, सकारात्मक तरिकाले नै अगाडी बढिरहेको छ’, उनले भने, ‘राष्टिय रुपमा अहिले उत्पादनको आवश्यकता रहेको छ । उत्पादन र आयात प्रतिस्थापनबिचको योजनाको महत्वबोध गर्ने गराउने कुराको धेरै नै अर्थ रहेको छ । यो कुरालाई हामीले अझै स्थापित गर्नु पर्छ । उत्पादनमुखी अर्थतन्त्रको आवश्यकताको बोध अझै भइरहेको छैन । यसले गर्दा अहिले धेरै हाम्रा स्रोत र साधनहरु प्रयोगविहीन भइरहेका छन् ।’

उनका अनुसार उत्पादनमुखी अर्थतन्त्रको लागि नीतिगतरुपमा कुनै समस्या छैन । अहिलेको अवस्थामा उत्पादनमुखी अर्थतन्त्रको जरुरी रहेको छ । निर्यात गर्न सक्ने वस्तुहरूको प्राथमिकता दिएर अगाडी बढाउनु पर्छ । यसका लागि सरकारले नीतिगतरुपमा अगाडी बढाउन लागिपरेको छ ।

नीति निर्माण राम्रा भए पनि त्यसको कार्यान्वयन गर्नमा छलफल तथा बहस कम भएको उनको तर्क छ । यस्ता बहस जति पनि जनतासमक्ष लैजान सक्यौ भने त्यति नै उपलब्धि हुने उनले बताए । सरकारी संरचनाहरूलाई क्षमतायुक्त, पारदर्शी युक्त र छरितो बनाउनु पर्ने आजको आवश्यकता रहेको अर्थमन्त्री शर्माको भनाई छ ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?