जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंक २ अर्ब ४० करोडको ऋणपत्र जारी गर्ने तयारीमा

स्ट्यान्डर्ड चार्टर्ड बैंक २ अर्ब ४० करोडको ऋणपत्र जारी गर्ने तयारीमा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र ल्याउन बैंकले गत गत बिहीबार स्वीकृति पाइसकेको छ।

बैंकले अबको केही समयमै २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र जारी गर्ने तयारी गरिरहेको हो। ऋणपत्रको नाम ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ छ भने अवधि ५ वर्षको छ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार यस ऋणपत्रका लगानीकर्ताले वार्षिक १०.४३० प्रतिशत ब्याज पाउने छन्।

उक्त ऋणपत्रमध्ये बैंकले ९६ करोड बराबरको सर्वसाधारणका लागि बिक्री गर्ने छ भने बाँकी १ अर्ब ४४ करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

यसअघि बोर्डले निफ्राको ५ अर्ब बराबरको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नामक ऋणपत्र जारीका लागि स्वीकृति दिएको थियो। जुन हाल निष्कासनको चरणमा छ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?