जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • डिएसपी ठगबहादुर केसी निलम्बित

डिएसपी ठगबहादुर केसी निलम्बित

बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन्।

आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो।

खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपैयाँको चेक र सुनजस्तो देखिने पदार्थ ३५ तोला बरामद भएपछि अनुसन्धान डिएसपी केसीतिर सोझिएको थियो। त्यसपछि डिएसपी केसीको क्वाटरमा छापा मार्दा ८ लाख ५० हजार रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी केसीको कोठाबाट प्रहरीले केही परिमाणमा सुन र रकमसमेत बरामद गरेको जानकारी दिएको छ। अवैध सुनसँग यसअघि पनि विभिन्न विवादमा प्रहरी पर्दै आएका धेरै घटनाहरु छन्।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका