जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु बैंकको ८% लाभांश पारित

प्रभु बैंकको ८% लाभांश पारित

प्रभु बैंकले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको १२ औं वार्षिक साधारणसभामा गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर तथा १.५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको जनाएको छ।

बैंकका अनुसार ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुग्ने छ ।

साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको एक सय कित्ता सेयर बराबर प्रभु बैंकको एकसय कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई समेत पारित गरेको जनाएको छ।

दुई बैंकबीच आगामी पुस २९ गतेबाट एकीकृत कारोबार गर्ने तयारी भैसकेको छ।

यसैगरी साधारणसभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

वार्षिक साधारणसभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्न तथा सेञ्चुरी बैंकलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको समेत जारी विज्ञप्तीमा उल्लेख छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको बैंकले जनाएको छ।

यस्तै बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६३ वटा एक्स्टेन्सन काउन्टर, एक सय ९४ वटा एटिएम तथा दुई सय १७ वटा शाखा कार्यालयहरुको माध्यमबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।

1340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका