जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • बैंकहरूलाई नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन राष्ट्रपतिको आग्रह

बैंकहरूलाई नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थालाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ ।

लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको हो ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ । यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’

स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उहाँले बताउनुभयो ।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका