जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक वर्षमा हिमालयन डिष्टिलरीले कमायो १ अर्ब ५ करोडभन्दा बढी नाफा

एक वर्षमा हिमालयन डिष्टिलरीले कमायो १ अर्ब ५ करोडभन्दा बढी नाफा

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले रू. १ अर्ब ५ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १ अर्ब ४ करोडभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा १ दशमलव ३३ प्रतिशत मात्र बढेको हो ।

सञ्चालनबाट अघिल्लो वर्षभन्दा साढे १६ प्रतिशत बढी रू. ७ अर्ब ५८ करोड आम्दानी गरेको कम्पनीको सञ्चालन नाफा भने शून्य दशमलव ५० प्रतिशत कम रू. १ अर्ब ४६ करोडभन्दा बढी भएको छ ।

गत वर्ष ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २५ प्रतिशत नगद लाभांश गरी शतप्रतिशत लाभांश वितरण गरेको कम्पनीको जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर रू. १ अर्ब ३२ करोडभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६९ दशमलव ५० रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १८७ दशमलव २२ छ ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका