जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एक बीमा कम्पनी सहित तीन कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

एक बीमा कम्पनी सहित तीन कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

आईपीओ निष्काशन गर्नका लागि रिलायबल लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ मा ६० लाख कित्ता आईपीओ निष्काबन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि साउन १२ गते निवेदन दिएको थियो हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले साउन १३ गते बोर्डमा निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

त्यस्तै, रिभर फल्स पावर लिमिटेडले ३४ लाख ३० हजार कित्ता सर्वसाधारण र स्थानीय बासिन्दाको लागि आईपीओ निष्काशन गर्न निवेदन दिएको हो । कम्पनीले उक्त आईपीओ निष्काशन गर्नका लागि साउन १३ गते निवेदन दिएको थियो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

7685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका