जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • प्रभु र सेञ्चुरी बैंक गाभिएपछि आजबाट सुरु भयो एकीकृत कारोबार

प्रभु र सेञ्चुरी बैंक गाभिएपछि आजबाट सुरु भयो एकीकृत कारोबार

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरपछि एकीकृत कारोबार सुरु गरेका छन्। हालै प्रतिनिधिसभा सदस्य बनेका प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत कारोबारको औपचारिक उद्घाटन गरे।

दुवै बैंक बराबरी हैसियतमा गाभिएका हुन्। समझदारी अनुसार प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बैंकको नेतृत्व सम्हाल्ने छन्। सीइओ पनि प्रभु बैंकका अशोक शेरचन रहने छन्।

मर्जरपछि बैंकको एकीकृत सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ नाघ्नेछ। संयुक्त चुक्ता पुँजी २३ अर्ब रुपैयाँ माथि पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ कायम छ। बैंकको एकीकृत कर्जा २ खर्ब ५३ अर्ब रुपैयाँ छ।

संयुक्त ग्राहक संख्या ३० लाख नाघेको छ। अब बैंकका कुल ३६५ वटा शाखा, ३०९ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन्।

4410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका