जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अव प्रभु बैंक थप सशक्त बन्नेछ’ : न्यौपाने, सिनियर डेपुटी सीइओ

अव प्रभु बैंक थप सशक्त बन्नेछ’ : न्यौपाने, सिनियर डेपुटी सीइओ

प्रभु बैंकका सिनियर डेपुटी सीइओ मनोज न्यौपानेले अवको दिनमा प्रभु बैंक थप सशक्त बन्ने बताएका छन् । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गरेपछि सुरु भएको एकिकृत कारोबार समारोहमा न्यौपानेले यस्तो बताएका हुन् । न्यौपाने सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनले बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेकोसमेत बताएका छन् । ‘बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ । यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ ।’ कार्यक्रममा बोल्दै उनले भने ।

उनले छोटो समयमा मर्जरमा संघाउने सबैलाई धन्यवादसमेत दिएका छन् । ‘प्रभु र सेञ्चुरी मिलेर अव प्रभु बैंक थप ठुलो बनेकोमा हामी अत्यन्तै खुसी छौं ।’ सबैलाई धन्यवाद दिंदै उनले भने- ‘यो छोटो समयमा मर्जरमा जान सघाउने सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब भन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक अझ शसक्त हुने प्रभुको दाबी छ । दुई बैंक एक भएसँगै ‘सिनर्जी’सहित अगाडी बढ्नेमा प्रभु बैंकको जोड रहेको छ ।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका