जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको नाफा ६८.४५ प्रतिशतले बढ्यो, प्रतिशेयर नेटवर्थ १५३

प्रभु बैंकको नाफा ६८.४५ प्रतिशतले बढ्यो, प्रतिशेयर नेटवर्थ १५३

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा  २ अर्ब १ करोड रुपैयाँ नाफा  कमाएको छ । गत आर्थिक वर्षमा बैंकले ६८.४५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।अघिल्लो वर्ष बैंकले १ अर्ब १९ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो।

बैंकको खुद ब्याज अम्दानी ११ प्रतिशतले बढेको छ भने फि कमिशनमार्फत हुने आम्दानी समेत २४ प्रतिशतले बढेको छ। जसले नाफा बढ्न सहयोग पुर्याएको हो। बैंकको नाफासँगै प्रतिशेयर आम्दानी समेत ११ रुपैयाँबाट बढेर १७ रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ छ।

बैंकको पूँजी १० प्रतिशतले बढेर ११ अर्ब ३४ करोड पुगेको छ भने जगेडामा ४ अर्ब ४५ करोड छ। निक्षेप संकलन २८ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब पुगेको छ भने कर्जा लगनी ३६ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब पुगेको छ। बैंकको खराब कर्जा ३।१५ प्रतिशतबाट घटेर १।६८ प्रतिशतमा झरेको छ।

4910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका