जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एकता दिवसकै दिन दुई बैंकको एकिकृत कारोबार

एकता दिवसकै दिन दुई बैंकको एकिकृत कारोबार

आज राष्ट्रिय एकता दिवसकै दिन दुई बाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबारको शुभारम्भ गर्दै छन् । आजदेखि दुई बैंक एकिकरण भएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट कारोबार हुँदैछ ।

मर्जर पछि नेपाल इन्भेष्टमेन्ट कुल पूँजी तर्फ सर्वाधिक ठुलो भएको छ । मर्जर सँगै नेपाल इन्भेष्टमेन्टको कुल पूँजी ५८ अर्ब पुगेको छ । यसै साता मर्जर टुङ्ग्याएर एकिकृत कारोबार गरेको ग्लोबल आइएमईको कुल पूँजी ५७ अर्ब रहेको छ । चुक्ता पूँजी तर्फ मात्रै हेर्दा ग्लोबल अगाडी छ भने जगेडा कोष सहित भने नेपाल इन्भेष्टमेन्ट अगाडी छ ।

कुल सम्पत्ती तर्फ भने ग्लोलबल आइएमई अगाडी छ । ग्लोबलको कुल सम्पत्ती ५ खर्ब ५ अर्ब छ भने नेपाल इन्भेष्टमेन्टको ४ खर्ब ७१ अर्ब रुपैयाँ हुन्छ । मर्जर सँगै कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । यो ग्लोबल पछि दोस्रो ठुलो निक्षेप हो । त्यस्तै कर्जा लगानी तीन खर्ब २९ अर्ब रुपैयाँ पुग्नेछ ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका