जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

बुटवल पावर कम्पनीको १२.५ प्रतिशत लाभांश पारित

बुटवल पावर कम्पनीको लाभांश पारित भएकाे छ । कम्पनीकाे ३० औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १२.५ प्रतिशत लाभांश पारित गरेकाे हाे ।

समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस सेयर वितरण वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

बोनस सेयर जारी भएसंगै कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० कराेड ९० लाख ६४ हजार ६०० रुपैयाँ कायम हुनेछ ।

यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भइरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ ।

यस्तै, लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रसारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिरहेकाे छ ।

साथै, कम्पनीकले ३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः सुचारु गर्नका लागि तयारी गरिरहेकाे जनाएकाे छ ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका