जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१

समाचार

बैंकमा बढ्यो तरलता संकट

बैंकमा बढ्यो तरलता संकट

बैंकमा तरलता अभाव थप बढ्दै गएको छ । बैंकहरुमा अघिल्लो साताको तुलनामा दुई गुणाले तरलता घटेको हो । जसका कारण बैकिङ समस्या तत्काल समाधान नहुने समेत देखिएको छ ।

विश्व आर्थिक मन्दीको समय रहेसँगै देशको बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभाव बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार अहिले अधिक तरलता रहेको छ । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार अहिले दैनिक ७ अर्ब रुपैयाँ तरता अभाव रहेको छ ।

गत साता फागुन १८ गते बैंक तथा वित्तीय संस्थाको सिडि रेसियो ८६.३२ थियो भने अधिक तरलता दैनिक ९ अर्ब ४७ करोड रहेको थियो । सह प्रवक्ता पोखरेलका अनुसार फागुन २५ मा ३ अर्ब ६७ करोड अधिक तरलता र सिडि रेसियो ८६.२७ रहेको थियो । ‘अधिक तरलता पनि प्रणालीमा कायमै हुँदा पनि बैंक वित्तीय संस्थाहरुको डिफल्ड रेट बढेको छ,’ उनले भने । अहिलेको अवस्थामा डिफल्ड रेट बढेको पोखरेलको भनाइ छ । अहिले बैंकहरुले ऋण दिने भन्दा पनि उठाउन तिर बढी जोड दिइरहेको उनको उनले बताए ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका