जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • यतीको दुर्घटनामा मृत्यु भएकाको बीमा दावी भुक्तानीमा सहजीकरण गरिने

यतीको दुर्घटनामा मृत्यु भएकाको बीमा दावी भुक्तानीमा सहजीकरण गरिने

पोखारको सेती खोचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको बीमा दावी भुक्तानीमा सहजीकरण गरिने भएको छ । राष्ट्रिय विपद्, जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त दुर्घटनामा मृत्यु भएकाको शव व्यवस्थापन र बीमा रकम भुक्तानीमा सहजीकरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार भएको दुर्घटनामा परेर मृत्यु भएकाहरुको बीमा रकम भुक्तानीमा सहजीकरण गरिने बताए । उक्त समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘शवहरुको व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय भएको छ । बीमा वापतको रकम भुक्तानीमा समस्या छैन । आफन्तहरुसँग शव व्यवस्थापन र दावी भुक्तानीमा सहजीकरण गर्ने निर्णय भएको छ ।’

आइतबार भएको यतीको दुर्घटनामा चालकदलका चारजना सहित ७२ जनाले ज्यान गुमाएका थिए । यती एयरलाइन्सले हिमालयन एभरेष्ट इन्स्योरेन्समा बीमा गरेको थियो । दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउँछन् । त्यस्ते, पाइलट र सह–पाइलटले एक÷एक लाख अमेरिकी डलर, परिचालिकाले ४० हजार अमेरिकी डलर पाउनेछन् ।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका