जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सहकारीका बचतकर्ताको लाखौं रकम र जग्गा हडपेको आरोपमा बैंकका पूर्व सञ्चालक पक्राउ

सहकारीका बचतकर्ताको लाखौं रकम र जग्गा हडपेको आरोपमा बैंकका पूर्व सञ्चालक पक्राउ

राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक ध्रुब यादव पक्राउ परेका छन् । सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष समेत रहेका यादवलाई प्रहरीले आज पक्राउ गरी मुद्दा चलाएको बताइएको छ ।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।

उनका अनुसार यादवले बचतकर्ताको लाखौं रकम अनियमितता गरेकाे र बचतकर्ताले धितोका रुपमा राखेकाे जग्गा हडपेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

4040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका