जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एशियन लाइफको हरिवन शाखाद्धारा १४ लाख ९७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफको हरिवन शाखाद्धारा १४ लाख ९७ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको हरिवन शाखाले एक कार्यक्रमको आयोजना गरी सर्लाही मलंगवा नगरपालिका ३ का मृतक सुरज हरि शर्माको परिवारलाई मृत्यु दाबी वापत १४ लाख ९७ हजार ७७६ श्रपैयाँ हस्तान्तरण गरेको हो । उक्त शाखाले स्व.नीजको श्रीमति निरु श्रेष्ठलाई सो रकम वापतको चेक हस्तान्तरण गरेको हो ।

वर्ष ४६ का सुरज हरि शर्माको मृत्यु अफिसबाट घर फर्कदै गर्दा अचानक रगत बोमिट गरी भएको थियो । उक्त रकमको चेक हरिवन शाखाका प्रबन्धक सरोज के.सी, मार्केटिङ कर्मचारी मुकेश कुमार यादब तथा सिनियर एजेन्सी म्यानेजर जयलक्ष्मी चौधरी,मन्चिमाया स्याङतान र हरिवन शाखाका रत्न कुमार दनुवार लगायतको उपस्थितीमा गरिएको हो ।

कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज के.सीले बीमाको महत्व र आवश्यक्ताको बारेमा जानकारी दिएका थिए । साथै उनले आजको दिनमा बीमा एक आधारभुत आवश्यक्ता रहेको हुनाले आफुले कमाएको केही अंश बीमा गर्नुपर्ने बताए ।

4255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?