जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकहरु मर्जमा जाँदा साढे ४ अर्ब कर छलेको महालेखाको ठहर

बैंकहरु मर्जमा जाँदा साढे ४ अर्ब कर छलेको महालेखाको ठहर

महालेखापरीक्षकको कार्यालयले २१ वटा वाणिज्य बैंकहरुसंग ४ अर्ब बढी रकम असुल गर्नु पर्ने जनाएको छ । महालेखाले बिजनेश कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा सो नगरेकोले बैंकहरुसंग ४ अर्ब बढी असुल गर्नु पर्ने जनाएको हो ।

वाणिज्य बैंकहरुको लाभ १४ अर्ब ९३ करोड ३ लाख आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ को उपदफा २ बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एवम् ब्याज समेत छानविन गरि कर निर्धारण एवम् असुल गर्नु पर्ने महालेखाले जनाएको छ।

बैंकहरु मर्जरमा जाँदा बैंकहरुले लाभलाई अन्य शिर्षकमा राखेर कर छली गरेको महालेखाले उल्लेख गरेको छ ।

7685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका