जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एक महिना भयो तर अर्थमन्त्री पौडेलले सेबोन र बीमा प्राधिकरणका अध्यक्षलाई भेट दिएनन्

एक महिना भयो तर अर्थमन्त्री पौडेलले सेबोन र बीमा प्राधिकरणका अध्यक्षलाई भेट दिएनन्

अर्थमन्त्री विष्णु पौडेललाई भेट्न धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले अहिलेसम्म पाएका छैनन्। हमालले भेट्न पौडेलसँग पटकपटक समय मागेका थिए।

पौडेलले हमाललाई भेटको लागि समय नै दिएका छैनन्। त्यही भएर हमालले बोर्डको काम कारवाहीको विफ्रिङ समेत गर्न पाएका छैनन्।

हमाल जनार्दन शर्माका पालामा नियुक्त भएका हुन्। हमाल आएपछि नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटीको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए।

निजी क्षेत्रलाई स्टक एक्सचेन्ज खोल्न दिने गरि फाष्ट ट्रयाकमा उनले प्रक्रिया अगाडि बढाएका थिए। सर्वोच्च अदालतमा रिट परेपछि नयाँ स्टकको अनुमति दिने प्रक्रिया रोकिएको छ। हमाल यी सबै प्रक्रियाका बारेमा विफ्रिङ गर्न चाहिरहेका छन्। तर मन्त्री पौडेल राजनीतिक भेटघाट भएको भन्दै हमाललाई भेट्न समय दिएका छैनन्।

हमाल मात्रै होइन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई पनि मन्त्री पौडेलले विफ्रिङका लागि समय दिएका छैनन्। योबिचमा मन्त्री पौडेलले ब्रोकर, मर्चेन्ट बैंकर र बीमकसँग भेटिसकेका छन्।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका