जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा निर्वाण चौधरी चयन

नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा निर्वाण चौधरी चयन

नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै आज बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो।

यस्तै बैंकको ४१ औँ वार्षिक साधारणसभा आज काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्षका लागि सञ्चालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश (बोनस सेयर र नगद लाभांश समेत) लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

यस्तै साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने क्रममा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई संस्थापक समूहको तर्फबाट सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको छ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगाल्नुभएका शाहको आगमनले बैंकको रणनीतिक नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका