जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कुमारी परिवार सुरक्षा बचत खाता

पत्रपत्रीका

कुमारी परिवार सुरक्षा बचत खाता

कुमारी परिवार सुरक्षा बचत खाता

कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना शुरुआत गरेको छ । उक्त खाता परिवारका एक सदस्यको बचतले चार जनाको वीमा हुने प्रावधान राखिएको छ । परिवारमा बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य आमा वा बुबा आफैं तथा दुई सन्तानको स्वतः बीमा हुने जनाएको छ ।

यो बचत खातामा न्युनतम १० हजार मौजदात हुनु आवश्यक छ भने वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याज पाउनेछन् । साथै दम्पत्तीलाई रु. १०/१० लाखका दरले रू. २० लाखसम्म आकस्मिक दुर्घटना वीमा साथै पूर्ण शारीरिक अशक्तता बीमा समावेश गरिएको छ । परिवारका चारै सदस्यलाई १० घातक रोगहरुका लागि रू५ लाखसम्मको बीमाको सुविधा पनि पाउनेछन् ।

यसैगरि परिवारका चारै सदस्यलाई अस्पताल भर्ना हुनुपर्ने खण्डमा औषधोपचारको रुपमा रू १ लाखसम्मको बीमा सुविधा पनि उपलब्ध गराउने भएको छ । यस बचत खातामा जम्मा गरि कुल २६ लाखसम्मको वीमा सुविधा उपलब्ध गराएको छ ।

उक्त योजनामा १८वर्षदेखि ६५ वर्ष उमेरका व्यक्तिहरु सहभागी हुन पाउने बैंकले जनाएको छ भने हाल खाता खोसिकेका खातावालले उक्त योजनाका लागि अर्को फर्म भरेर बीमा  योजनामा सामेल हुनसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।

यस खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुने हुने बैंकले जनाएको छ ।  कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ । यस खाताका बारेमा विस्तृत जानकारी हासिल गर्नका लागि नजिकैको कुमारी बैंकको शाखामा सम्पर्क गर्न ग्राहकहरूलाई यसै प्रेस विज्ञप्तिबाट आग्रह गरिएको छ ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका