जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकले वाणिज्य बैंकहरु घटाएर १५ वटा मात्र बनाउनुपर्छः डा.चिरञ्जीवि नेपाल

राष्ट्र बैंकले वाणिज्य बैंकहरु घटाएर १५ वटा मात्र बनाउनुपर्छः डा.चिरञ्जीवि नेपाल

नेपालको वित्तीय क्षेत्रको आवश्यकता अनुसारको केन्द्रीय बैंकले त्यही अनुसार काम गर्ने हो । नेपालमा वित्तीय पँहुच पुगेको छैन । बैंक खोल्नको लागि धेरै लाइसेन्स दिनुपर्ने स्थिति आयो । त्यो बेला धेरै बैंक खुलेका पनि हुन् । बैंक खुल्दा पनि वित्तीय पँहुच पुगेको अवस्था थिएन । त्यसपछि केन्द्रीय बैंकले नै बैंक खोल्न लाइसेन्स नदिने नीति लियो ।

अहिलेकै अवस्थामा अर्थतन्त्र गयो भने केन्द्रीय बैंकले १५ वटा बैंक कायम रहनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या समयले माग गर्ने हो । देशको अर्थतन्त्र देशमा भएका आर्थिक क्रियाकलाप,कुन क्षेत्रको विकासमा सरकारको प्राथमिकता दिएको र रोजगारी सिर्जना गरी मुलुकको आर्थिक विकास हुन्छ । त्यही अनुसार क्षेत्रगत रुपमा बैंकहरु विभाजन भएर जान्छन् ।

स्पेडदर घटाउनुपर्छ

बैंकहरु मर्जरमा गएर ठूलो बैंक र ठूलो पुँजी बनेर मनोपोली भन्ने हुँदैन । बैंक भनेको मनोपोली गर्ने होइन । बैंकले मध्यस्थता गर्ने हो । बैंकको ब्याजदर बजारले निर्धारण गर्ने हो । बैंकहरुले कर्जा र निक्षेपको बीचबाट नाफा झिकेर खाने हो । बैंकको स्पेडदर घटाउनुपर्छ । अहिले घटेको छ ।

साना लगानीकर्ता र निक्षेपकर्ताहरुको लागि राष्ट्रिय स्तरका माइक्रोफाइनान्स र विकास बैंक रहेका छन् । मुलुकका जनतालाई वित्तीय पहुँचको आधार पुग्नेगरी केन्द्रीय बैंकले सिर्जना गरिरहेको छ । बैंकहरुको बिग मर्जर हुनु भनेकै केन्द्रीय बैंकलाई चुनौति हो । चुनौति देखेर नै केन्द्रीय बैंकले चालुपुँजी कर्जा मार्ग दर्शन लागू गर्न खोजेको हो । चालुपुँजी कर्जा मार्ग दर्शन पहिला नै लागू गर्नुपर्ने थियो ।

बजारमा लगानीयोग्य रकम कहाँ गयो ? बैंक तथा वित्तीय संस्थाहरुमा पाँच महिनामा फर्केर आउने पैसा किन आएको छैन । केन्द्रीय बैंकले बैंकबाट उद्योगी व्यवसायीहरुले लगेको कर्जा सही ठाउँमा लगाएका छन् की छैनन् भनेर हेर्न खोजेको हो । त्यसैले केन्द्रीय बैंकलाई भोलिको दिनमा ठूलो चुनौति रहेको छ ।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रप्रति संवेदनशील नभएर आफ्नो तरिकाले गर्न खोज्दा अर्थतन्त्र बिग्रिनसक्छ । नियामक निकाय पहिलाको भन्दा अझ सचेत हुनुपर्छ । बैंकहरु बिग मर्जर हुनु भनेको सहज अवस्था आयो भन्ने होइन राष्ट्र बैंकले बैकिङ प्रणाली राम्रो भएका वा नभएका बैंक छुट्याउनुपर्छ ।

नियमन र सुपरीवक्षेण अत्यन्त सशक्त बनाउनुपर्छ

अब केन्द्रीय बैंकको नियमन र सुपरीवक्षेण अत्यन्त सशक्त र बैंकहरुले नयाँ टेक्नोलोजीलाई कसरी प्रयोगमा ल्याए भनेर हेर्ने काम अत्यन्त संवेदनशील र ठूलो चुनौति भएर आयो । बैंकको मनोपोली हुन सक्दैन । राष्ट्र बैंकको निर्देशनमा चल्ने हुन् । राष्ट्र बैंकको मौद्रिक नीति अनुसार जति नै ठूलो बैंक भएपनि जानुपर्छ । मर्जरको नीति ल्याउँदा नमाने पनि अहिले समयको आवश्यकता अनुसार आफैँ बैंकहरु मर्जरमा गएका हुन् ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका