जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब बढी

माछापुच्छ्रे बैंकले १ अर्ब खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही त्रैमासमा पनि बैंकले १ अर्ब १ कराेड रुपैयाँ बढी नाफा गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४८ अर्ब कायम भएको छ भने बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासमा१ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप र कर्जा दुवै बढेको छ ।

यस्तै, बैंकको खराब कर्जा १.४ प्रतिशत छ भने आधारदर ११ प्रतिशत छ । गत आर्थिक वर्षको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.५७ प्रतिशत थियो भने आधारदर ७.५६ प्रतिशत थियो ।

1295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका