जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज

नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज

नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज असार १८ गते हुँदैछ । उक्त सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशतले हुन आउने २७ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८ दशमलव ८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार ८ गते (एक दिन) बन्द गरेको थियो। त्यसैले असार ७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

5410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका