जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र बैंकले किन माग्यो ५० लाखभन्दा बढी ऋण लिने ग्राहकको विवरण ?

राष्ट्र बैंकले किन माग्यो ५० लाखभन्दा बढी ऋण लिने ग्राहकको विवरण ?

नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढी ऋण लिने ग्राहकको विवरण दैनिक रिपोटिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ । निषेधाज्ञाको समयमा बैैंकहरुले अधिक कर्जा विस्तार गर्न थालेपछि राष्ट्र बैंकको सुपरिवेक्षण विभागले यस्तो तथ्यांक मागेको हो । बैंकरहरुले दैनिक विवरण बुझाउनुपर्ने राष्ट्र बैंकको निर्देशन प्राप्त भएको बताएका छन् ।

पछिल्लो समय बढेको कर्जा कहाँ कसरी गइरहेको छ भनेर हेर्न यस्तो तथ्यांक माग गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आवस्यकता अनुसार बैंकहरुसँग यस्ता तथ्यांक माग्न सक्छ,’ केन्द्रिय बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘कुन कुन क्षेत्रमा कसरी कर्जा विस्तार भएको छ भनेर हेर्न विवरण मागिएको हो ।’

डेढ वर्षदेखि कोरोना भाइरसको महामारीका कारण समस्यामा पर्दै आएको अर्थतन्त्रलाई त्राण दिन कर्जाको ब्याजदर एकल अंकमा राख्ने प्रयास राष्ट्र बैंकले गर्दै आएको छ । सरकारले पनि मुद्रा प्रदाय बढाएर बजारमा वस्तु तथा सेवाको माग उकास्ने खालको नीति बजेटमार्फत् अघि बढाएको देखिन्छ ।

यस्तो बेला बैंकहरु निषेधाज्ञाकै समयमा ऋण दिन सक्ने सम्पूणर् क्षमता गुमाउँदै छन् । जसले महामारी शान्त भएपछि थपिने ठूलो कर्जाको मागलाई थेग्न नसक्ने राष्ट्र बैंकका अधिकारीहरुको बुझाइ छ । यही कारण पछिल्लो समय बढेको कर्जाको विवरण मागेर विश्लेषण गर्न थालिएको हो ।

कर्जाको तथ्यांक विश्लेषणपछि आगामी वर्षको नयाँ मौद्रिक नीतिमा नीतिगत सुधार ल्याउने प्रयास राष्ट्र बैंकले गरेको छ । भर्खरैमात्र यस्ता विवरणहरु माग्न थालिएकाले यसको विश्लेष अझै भइनसकेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

5435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?