जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नक्कली शरणार्थी प्रकरणः पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

नक्कली शरणार्थी प्रकरणः पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अदालतले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंले आज सजाय निर्धारण गर्दै रायमाझीलाई उक्त दण्ड तोकेको हो ।

गत साता मात्रै जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली गरेको यस गम्भीर प्रकरणको अन्तिम फैसला सुनाएको थियो । सोही फैसलाका आधारमा आज दोषी ठहर भएकाहरूको सजायको मात्रा तय गरिएको हो । अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई मुख्य रूपमा ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै यो सजाय निर्धारण गरेको हो ।

उच्च राजनीतिक नेतृत्वसमेत मुछिएको यस प्रकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा पाएको थियो । सर्वसाधारण नेपालीलाई शरणार्थी बनाएर मानव तस्करी गर्न खोजिएको यस गम्भीर अपराधमा संलग्न उच्च पदस्थ व्यक्तिहरूलाई अदालतले कानुनबमोजिम दण्डित गरेको छ । यसअघि यही प्रकरणमा अन्य उच्च राजनीतिक व्यक्तिहरूलाई समेत अदालतले कैद र जरिबानाको सजाय तोकिसकेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका