जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सानिमा बैंकको नाफा र ईपीएस बढ्यो

सानिमा बैंकको नाफा र ईपीएस बढ्यो

सानिमा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा आहर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.१८ प्रतिशत बढेर ३ अर्ब २१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.८१ प्रतिशत बढेर ३ अर्ब ८३ करोड रुपैयाँ, सञ्चालन मुनाफा २१.४२ प्रतिशत बढेर १ अर्ब ८२ करोड रुपैयाँ र वितरणयोग्य मुनाफा ९६ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १२ अर्ब ४६ करोड रुपैयाँ, जगेडा कोष ५ अर्ब ५८ करोड रुपैयाँ, निक्षेप १.०७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ र कर्जा ५.२९ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा बढेर २० रुपैयाँ ६३ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.९७ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.५७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ८२ पैसा रहेको छ ।

बैंकको खराब कर्जा ०.४६ प्रतिशत बढेर ०.७७ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ८.९२ प्रतिशत, सीडी रेसियो ८३.०३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४.३९ प्रतिशत रहेको छ ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका