जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सिटिजन लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

सिटिजन लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ । तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनश शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

सिटिजन लाइफको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भइसकेको छ । नेपाल बीमा प्राधिकरणले चार बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति दिइसकेको छ ।

 

3290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका