जोडिनुहोस
बिहिबार, अशोज २४, २०८१
बिहिबार, अशोज २४, २०८१
  • होमपेज
  • विकास बैंकहरुको खराब कर्जा डरलाग्दो, पहिलो ज्योति विकास बैंक, दोस्रो महालक्ष्मी विकास बैंक, तेस्रो साग्रिला डेभलपमेण्ट बैंक, चौथोमा लुम्बिनी विकास बैंक सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकः राष्ट्र बैंक बेखबर !

विकास बैंकहरुको खराब कर्जा डरलाग्दो, पहिलो ज्योति विकास बैंक, दोस्रो महालक्ष्मी विकास बैंक, तेस्रो साग्रिला डेभलपमेण्ट बैंक, चौथोमा लुम्बिनी विकास बैंक सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकः राष्ट्र बैंक बेखबर !

नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरुको खराब कर्जा डरलाग्दो मात्रै छैन । कुनै बेला राष्ट्र बैंकले विकास बैंकहरुलाई हस्तक्षेप गर्छ कि भन्ने डर पनि छ ।सधैं विवादमा फस्दै आएको नेपाल विद्युत प्राधिकरणका पीयनदेखि शाखा अधिकृतहरुको चर्को लगानी रहेको ज्योती विकास बैंकको खराब कर्जा करिब ५ प्रतिशत हाराहारी पुगेको छ । भन्दा अब फरक पर्दैन । दोस्रोमा महालक्ष्मी विकास बैंकको खराब कर्जा देखिन्छ । यस बैंकको निकृय खराब कर्जा ४.५८ प्रतिशत पुगेको उसकै वित्तिय विवरणमा देख्न सकिन्छ । तेस्रोमा नेपाल डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष समेत रहेका सुयोग श्रेष्ठ सिइओ रहेको साग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च देखिन्छ । यस बैंकको खराब कर्जा ४.०८ प्रतिशत माथि देखिन्छ ।

विकास बैंकहरूलाई थुप्रिएको निष्क्रिय कर्जा घटाउन चुनौती बढेको छ । गत आवमा वाणिज्य बैंकहरूले जस्तै विकास बैंकहरूले पनि निष्क्रिय कर्जा घटाउन सकेका छैनन् । भन्दा फरक पर्दैन ।
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये कर्जा सबैभन्दा धेरै हुनेमा ज्योति विकास बैंक छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा विकास बैंकहरूको औषत निष्क्रिय कर्जा ३.५९ प्रतिशत रहेको छ । यो अघिल्लो आवमा २.५९ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३.५९ प्रतिशत पुगेको हो । विकास बैंकहरूलाई थुप्रिएको निष्क्रिय कर्जा घटाउन चुनौती बढेको छ । गत आवमा वाणिज्य बैंकहरूले जस्तै विकास बैंकहरूले पनि निष्क्रिय कर्जा घटाउन सकेका छैनन् । भन्दा फरक पर्दैन ।
राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये निष्क्रिय कर्जा सबैभन्दा धेरै हुनेमा ज्योति विकास बैंक छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा ३.४३ प्रतिशतमात्रै थियो । महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ४.५८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.५१ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा ३.१६ प्रतिशतमात्रै रहेकोमा गत आवमा बढेर ४.०८ प्रतिशत पुगेको छ । भन्दा फरक पर्दैन ।

मुक्तिनाथ विकास बैंकको अघिल्लो आवमा ०.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर २.२६ प्रतिशत पुगेको छ । यद्यपि, गत आवमा सबैभन्दा कम निष्क्रिय कर्जा हुने मुक्तिनाथ विकास बैंक हो । निष्क्रिय कर्जा घटाउन नसकेका विकास बैंकहरूको लाभांश क्षमता भने अब्बल छ । आठ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सातवटा लाभांश दिन सक्ने अवस्थामा छन् ।

लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ३.२९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने यस बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत थियो । गत आवमा कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ३.२१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.०९ प्रतिशत थियो । गरिमा विकास बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा १.७ प्रतिशत रहेकोमा गत आवमा २.८९ प्रतिशत पुगेको छ । मुक्तिनाथ विकास बैंकको अघिल्लो आवमा ०.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर २.२६ प्रतिशत पुगेको छ । यद्यपि, गत आवमा सबैभन्दा कम निष्क्रिय कर्जा हुने मुक्तिनाथ विकास बैंक हो । निष्क्रिय कर्जा घटाउन नसकेका विकास बैंकहरूको लाभांश क्षमता भने अब्बल छ । आठ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सातवटा लाभांश दिन सक्ने अवस्थामा छन् । ज्योति विकास बैंकले भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले लाभांश बाँड्न सक्दैन । बाँकी सात विकास बैंकमध्ये सबैभन्दा अब्बल कामना सेवा छ । यस बैंकको लाभांश क्षमता अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १०.९१ प्रतिशत छ । सञ्चालनमा रहेका अरु ७ राष्ट्रियस्तरका विकास बैंक र १७ वटा वाणिज्य बैंकको भन्दा यो बढी हो ।

विकास बैंकहरुमध्ये लाभांश क्षमतामा कामना सेवापछि गरिमा विकास बैंक छ । गरिमाले गत आवको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश दिन सक्छ । लाभांश क्षमताको सूचीमा कामना सेवा र गरिमा छ । यस बैंकको लाभांश क्षमता ८.१२ प्रतिशत छ । यस्तै, लुम्बिनी विकास बैंकको लाभांश क्षमता ७.४ प्रतिशत हुँदा सांग्रिलाको ५.१८ प्रतिशत, मुक्तिनाथको ४.७१ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.२५ प्रतिशत छ । सचेत भया ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका