जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कालु गुरुङले २ अर्ब लगानीमा बूढानीलकण्ठमा अपार्टमेन्ट बनाउँदै

कालु गुरुङले २ अर्ब लगानीमा बूढानीलकण्ठमा अपार्टमेन्ट बनाउँदै

घरजग्गा व्यवसायी कालु गुरुङले करिब २ अर्ब लगानीमा बूढानीलकण्ठमा आवासिय अपार्टमेन्ट निर्माण गर्ने भएका छन् ।

रोडसो इन्भेष्टमेन्ट कम्पनी र इमेज हाउजिङ एण्ड डेभलपर्सको संयुक्त लगानीमा सञ्चालन रहेको व्यवसायिक कम्प्लेक्स र अपार्टमेन्ट आयोजना विकासमा काम गर्दै आएको कालिमाटी ट्रेड सेन्टर प्रालिले बूढानीलकण्ठमा आपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट निर्माण गर्न लागेको हो । कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ५० करोड रुपैयाँ ऋण लिने भएको छ भने १८ करोड रुपैयाँ कम्पनीले लगानी व्यहोर्नेछ । साथै, १ अर्ब २१ करोड रुपैयाँ ग्राहकले गरेको अग्रिम बुकिङबाट संकलित रकमले अपार्टमेन्ट निर्माण हुने छ । कम्पनीले सन् २०२३ को सेप्टेम्बरसम्ममा १३ करोड रुपैयाँ अर्थात् ७२ प्रतिशत रकम लगानी सुनिश्चित गरिसकेको छ ।

कम्पनीकाअनुसार ६४ प्रतिशत आयोजनाको लागत ग्राहकको अग्रिम बुकिङबाट हुने रकम लगानी हुनेछ । कम्पनीले आगामी २०२६ को सुरुमै व्यवसायिक कारोबार गर्ने योजना बनाएको छ । अपार्टमेन्ट निर्माणका लागि पहिलो चरणको काम भइरहेको छ ।

कम्पनीले उपत्यकामा दोस्रो चरणको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । अपार्टमेन्टमा विभिन्न सुविधासहित सरकारले तोकेको मापदण्डमा बन्ने कम्पनीले जनाएको छ ।

अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा अपार्टमेन्टको माग निकै कम भएको छ । जसले गर्दा कम्पनीले निर्माण गर्ने तयारी भइरहेको अपार्टमेन्ट बिक्रीमा प्रभाव पर्ने देखिन्छ ।

पछिल्लो सरकारी तथ्याङ्कअनुसार सन् २०२१/२२ देखि रियल इस्टेटको माग बढ्दो क्रममा छ । तर, सन् २०२२/२३ मा भने अर्थतन्त्रमा देखिएको संकुचनका कारण माग कम भएको छ ।

कालु गुरुङ अध्यक्ष रहेको कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ७० करोड रुपैयाँ दीर्घकालीन र अल्पकालीन कर्जा लिएको छ। जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ६७ करोड ४५ लाख रुपैयाँ अर्थात् सिंगल बी र अल्पकालीन कर्जाका लागि २ करोड ५५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।

त्यस्तै, कालिमाटी ट्रेड सेन्टरले सन् २०२३ मा ४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा व्यवसायिक कम्प्लेक्सको अग्रिम बुकिङबाट २५ करोड ६० लाख रुपैयाँ रकम संकलन गरेको छ ।

व्यवसायी गुरुङले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेका छन् भने पोखरामै दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन्।

रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो । कम्पनीले पोखरामा अन्नपूर्ण अपार्टमेन्ट–मासवारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

1045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका