जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बलिया वाणिज्य बैंकहरुको सेयर बढ्दा थामियो गिरावट

बलिया वाणिज्य बैंकहरुको सेयर बढ्दा थामियो गिरावट

दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएलगत्तै खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। तर प्रभावशाली वाणिज्य बैंकहरु प्रति लगानीकर्ताको आकर्षक ह्वात्तै बढेपछि बजारको उल्लेख्य गिरावटलाई वाणीज्य बैंकहरुले टेवा दिएका छन्।

वाणिज्य बैंक सेयर बजारको सबैभन्दा शक्तिशाली उपसमूह हो। पुस मसान्तमा बैंकहरुको नाफामा देखिएको सुधारले लगानीकर्ताको ध्यान उनीहरुको सेयर प्रति तानेको हो। नाफामा उछाल आएको विवरण सार्वजनिक गरेका धेरै जसो बैंकको सेयरमा बाक्लो खरिद चाप छ। दुई बैंकको सेयरमा त सकारात्मक सर्किट नै लगाेको पनि छ।

बाँकी उपसमुह रातो भएपनी सोमबार वाणिज्य बैंक उपसमुहमा एक प्रतिशतको वृद्ध सहित हरियाली कायमै छ। ब्रोकरहरु बैंकिङ सेयरहरु बढ्दा समग्र बजार नै बलियो हुने र दिगो वृद्धिको अपेक्षा गर्न सकिने बताउँछन्। म्यूचुअल फन्ड पनि सामान्य बढेका छन्।

हाल सम्म चालु आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुले लगानीकर्ताहरुको अपेक्षा भन्दा बढी मुनाफा आर्जन गरेका छन्। जसले गर्दा वाणिज्य बैंक प्रति लगानीकर्ताको मनोबल उच्च बनेको हो। कारोबार पनि उतारचढावले करिब चार अर्ब रुपैयाँ नाघेको छ।

कारोबारको शिर्ष स्थानमा रहेको कुमारी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्म १ अर्ब माथी खुद नाफा कमाएको हो। यस बैंकको मूल्यसंगै कारोबारमा पनि उछाल आएको छ। दिनभर कुमारी बैंकको २७ करोड माथीको सेयर किनबेच भएको हो।

एनसीसी बैंकसँगको मर्जरपछि बैंकको सेयर कारोबार पनि आजै खुलेको हो।

तर औषतमा गत वर्षको तुलनामा अघिकांश विकास बैंकहरुको वित्तीय विवरण नकारात्मक आउँदा विकास बैक उप समुह अन्तर्गतका धेरै जसो कम्पनी प्रभावित बनेका छन्।  जसकारण यस उप समुह आज २.३३ प्रतिश सम्म घटेको हो।

उल्लेख्य नाफा गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पनि खरिदकर्ताको चाप बाक्लो छ।

समग्रमा वाणिज्य बैंक र म्यूचुअल फन्ड बाहेक सबैजसो उपसमुह घटेका छन्। जसकारण आज नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा आइपुगेको छ। कारोबार पनि ३ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ।

1560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?