जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफद्धारा घातक रोग वापत ५ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले उनलाई दाबी भुक्तानी वापत ५ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

राईले २०७८ बैशाख २७ गते रु ५ लाख १० हजार रुपैयाँ बीमाङ्कको बीमा गरेका थिए । उनले आफ्नो बीमाको ३ किस्ता मात्रै जम्मा गरेका थिए । उनलाई मुटु सम्बन्धि रोग पुष्टि भएको थियो । उनले बिर्तामोड स्थित Sanjeevani Heart Hospital P. LTD मा डा. सिपि यादवसङ्ग निरन्तर परामर्श गराइरहेका छन् ।

राईलाई बिर्तामोड शाखामा बोलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख मिलन दाहालले शिघ्र स्वास्थ्य लाभको कामना सहित दाबी वापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?