जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन, मर्ज गरेर बनाए प्रभुलाई सफल बैंक

प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन, मर्ज गरेर बनाए प्रभुलाई सफल बैंक

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । बैठकले शेरचनलाई पुनः सिइओ बनाएको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियु्क्त भएका थिए ।

२ साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सिइओ बनेका हुन । अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो ।शेरचनको व्यवस्थापकीय नेतृत्वमा बिग्रिएका बैंकहरुलाई लिएर प्रभु बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

शेरचन तत्कालिन प्रभु विकास बैंकका सिइओ थिए । उनी प्रभु बैंकको सिइओ बन्दा समस्याग्रस्त किस्ट र ग्रान्ड बैंकलाई समाहित गरेपछि प्रभुको खराव कर्जा अधिक थियो । उनको कार्यकालमा खराब कर्जाको असुलीमा उल्लेख्य प्रगति भएको थियो । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका उनी तत्कालिन सिइओ कुमार लम्सालले राजीनामा दिएपछि सीईओमा नियुक्त भएका थिए ।

२०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो । सोही वर्ष कात्तिकमा सीईओ कुमार लम्सालले छाडेपछि कार्यवाहक सिइओको जिम्मेवारी अशोकले पाएका थिए ।

त्यही वर्ष माघ २९ मा प्रभुले ग्रान्ड बैंक नेपाललाई गाभेको थियो । त्यति मात्रै होइन प्रभुले खारेजीमा गएको नेपाल विकास बैंकलाई समेत आफूमा समाहित गरेको थियो । त्यसयता लगातार अशोक प्रभु बैंकको सिइओ छन् ।

सबल र सक्षम संस्थाको रुपमा चिनिएको किष्ट बैंक समस्यामा परेपछि प्रभु समूहले सम्हाल्न पुग्यो भने ग्रान्ड बैंक संकटग्रस्त भएपछि यसको जिम्मेबारी पनि प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने अशोकको हुटहुटीले नै काम गरेको थियो ।

सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

1300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका