जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • डिसहोमले अक्वायर गर्‍यो डेढ लाख बढी प्रयोगकर्ता भएको प्रभु टिभी

डिसहोमले अक्वायर गर्‍यो डेढ लाख बढी प्रयोगकर्ता भएको प्रभु टिभी

डिसहोमले प्रभु टिभीलाई एक्वायर गरेको छ। दुवै कम्पनीले एकआपसमा गाभिन गत वैशाख पहिलो सातादेखि प्रयासरत थिए। यसअघि डिसहोमले केबल टेलिभिजन सेवा दिँदै आएको सिम टिभी पनि खरिद गरेको थियो।

एक महिना भित्रमा एक्वायरसम्बन्धी सबै काम सक्ने गरी प्रक्रिया सुरु भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बिजमाण्डूलाई जानकारी दिए।

‘अब प्रभुका ग्राहकहरुले विभिन्न भेराइटीका सेवा पाउँछन्। अहिले भइरहेकै सेवा चलाउनुका साथै डिसहोमले दिइरहेका सेवामा स्वीच गर्न सक्ने छन्,’ आचार्यले भने।

डिसहोमले आइपीओ जारी गर्ने तयारी गरिरहँदा प्रभु टिभीसँगको प्राप्तिलाई टुङ्गोमा पुर्‍याएको हो।

दुवै कम्पनी एक भएपछि प्रभु टिभीका ग्राहकहरुलाई पनि डिसहोमका सेवा लिन सहज हुने विश्वास डिसहोमको छ। डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन र फाइबर इन्टरनेट सेवा दिँदै आएको छ।

यस्तै, प्रभु टिभीले पनि टेलिभिजनका साथै इन्टरनेट सेवा दिइरहेको छ। सिम टिभीसमेत गरेर डिसहोमसँग १९ लाखभन्दा बढी ग्राहक छन्। प्रभु टिभीसँग भने डेढ लाख भन्दा बढी ग्राहक रहेको बताइएको छ।

7970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका