जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निदान अस्पनिदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

निदान अस्पनिदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मिर्गौला तस्करीको घटनामा संलग्न रहेको हुनसक्ने भन्दै मानव बेचबिखन अनुसन्धान ब्यूरोले निदान अस्पतालका सिइओ विपेन्द्र प्रधानसहित ५ जनालाई बुधबार पक्राउ गरेको छ । नक्कली व्यक्ति हो भन्ने थाहा पाउँदा पाउँदै पनि स्वीकृति दिने अस्पतालमा पूर्व अध्यक्षसमेत रहेका सिइओ बिपेन्द्र प्रधान, निदान अस्पतालकै कानुन अधिकृत कुमुद कुमार भट्टराई निदान अस्पतालका डाक्टर राजेश पन्त र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले नक्कली व्यक्ति हो भन्ने थाहा पाउँदा पाउँदै पनि स्वीकृति दिने व्यक्तिहरुलाई पक्राउ गरेपनि मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई भने पक्राउ गरेको छैन । यो घटनामा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर थिए वरिष्ठ चिकित्सक पुकारचन्द्र श्रेष्ठ ।

उनी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशकसमेत हुन् । तर प्रहरीले उनलाई भने पक्राउ गरेको छैन । यदि घटनामा उनको संलग्नता पुष्टी भए उनलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको छ ।

 

10665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका