जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बीमामा मर्जरपछि बन्ने संरचनामा कम्पनीले कर्मचारीको पद घटुवा नहुने गरी पदमिलान गर्नुपर्ने

बीमामा मर्जरपछि बन्ने संरचनामा कम्पनीले कर्मचारीको पद घटुवा नहुने गरी पदमिलान गर्नुपर्ने

बीमा कम्पनी मर्जरमा गएपछि कायम हुने नयाँ संरचनामा कम्पनीले कर्मचारीहरुलाई अनिवार्य रुपमा पुरानो पदमा घटुवा नहुने गरी पदमिलान गर्नुपर्ने भएको छ।
बीमा समितिले परिपत्र जारी गर्दै कम्पनीहरुले गाभ्ने गाभिने संस्थाका कर्मचारीहरुको व्यवस्थापन गर्ने थप निर्देशन जारी गरेको हो।

जसमा गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमक (बीमा कम्पनी) मा साविकको पदअनुसारको तह वा श्रेणीभन्दा कम नहुने गरी पदमिलान गर्नुपर्ने भनिएको छ। साथै, उनीहरुले खाइपाइ आएको तलब-भत्ता तथा सेवा-सुविधा पनि पहिलेको भन्दा नघट्ने गरी व्यवस्थापन गर्नुपर्ने निर्देशन दिएको छ।

समितिले मर्जपछि पनि कर्मचारीहरुलाई कुनै मर्का नपरोस् भन्नका लागि यस्तो निर्देशन जारी गरेको जनाएको छ।

साथै, मर्जरपछि एक हुने बीमा कम्पनीमा यदि कुनै व्यवस्थापकीय तथा अन्य तहका कर्मचारीले काम गर्न नचाहेमा उपयुक्त सुविधासहितको स्वेच्छिक अवकाशको योजना बनाइ लागुगर्नु पनि समितिले परिपत्रमा उलेख्ख गरेको छ।

5200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्