जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकविच विप्रेषण भुक्तानी सम्झौता

इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकविच विप्रेषण भुक्तानी सम्झौता

इजीलिंक रेमिट्यान्स प्रालि र लुम्बिनी विकास बैंकविच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ । उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौतापछि अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभरि छरिएर रहेका ६९ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।

साथै लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरि रहेका ६ हजारभन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पु¥याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

हाल इजीलिंक रेमिट्यान्स प्रालिले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान,साइप्रस, अष्ट्रेलिया लगायत विश्वका बिभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने ब्यवस्था मिलाएको छ भने सहायक प्रतिनिधि मार्फत रकम भुक्तानी लिनको लागि एसविएल रेमिट (सिद्धार्थ बैंक), रेमिट टू नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरु मार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत ब्यवस्था मिलाएको छ ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका