जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • तीसौं वार्षिकोत्सवको अवसरमा हिमालयन बैंकले गर्यो निःशुल्क आँखा परिक्षण शिविर तथा बृहत रक्तदान कार्यक्रम

तीसौं वार्षिकोत्सवको अवसरमा हिमालयन बैंकले गर्यो निःशुल्क आँखा परिक्षण शिविर तथा बृहत रक्तदान कार्यक्रम

हिमालयन बैंकले तीसौं वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परिक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

डा. सन्यम बजिमय र नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा मिति २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रिय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाएको बैंकले जनाएको छ ।

2340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका