जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ग्लोबल आईएमई लघुवित्तद्धारा ग्राहकलाई सीपमूलक तालिम प्रदान

ग्लोबल आईएमई लघुवित्तद्धारा ग्राहकलाई सीपमूलक तालिम प्रदान

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ । संस्थाले भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे हो ।

वित्तीय संस्थासग आबद्य सदस्यहरुको आम्दानीको श्रोत वृद्घि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा अध्यक्षता सोही शाखाका शाखा प्रमुख प्रदिप लामिछानेले गरेका थिए । सो तालिममा रबिना रिजालले डल कुशन बनाउन प्रशिक्षण दिएकी थिइन् ।

सो तालिम भाद्र २९ गते सुरु भई भाद्र ३१ गते समापन भएको थियो । आर्थिक उपार्जनको विभिन्न माध्यमहरुमध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने कुरा प्रशिक्षक रिजालले बताइन । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण कुन्ताबेशी अनुगमन स्टेशन कार्यालयकी प्रमुख अम्बिका दंगालले बितरण गरेकी थिइन् ।

विगत आर्थिक बर्षहरुमा जस्तै यस आर्थिक बर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा बिभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गदै जाने कुरा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जनाए  ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका