जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विश्व पानी दिवसमा सिद्धार्थ बैंकको ‘वाकाथन’

विश्व पानी दिवसमा सिद्धार्थ बैंकको ‘वाकाथन’

विश्व पानी दिवसका अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी कार्यक्रम (वाकाथन) आयोजना गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसका अवसरमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको हो । वाकाथन नक्साल नारायणचौरबाट सुरु भएर हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरीधारा हुँदै पुनः नक्सालसम्म पुगेर सम्पन्न भएको थियो ।

दिवसको उद्देश्य दिगो विकास लक्ष्य अन्तर्गत सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्‍याउनु हो । यस अवधिमा पानीको महत्त्वबारे जनचेतना फैलाउने विभिन्न अभियान सञ्चालन गरिन्छ ।

यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्य थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वबारे जनचेतना फैलाउन वाकाथन कार्यक्रम आयोजना गरेको जनाएको छ ।

दिगो विकास लक्ष्य आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रिया सोही अनुरूप गर्दै आएको बैंकको भनाइ छ । बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यता अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रम समेत लागु गरिसकेको छ।

पानीको दिगो व्यवस्थापन नगरे भविष्यमा स्वच्छ पानी अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउने उद्देश्य वाकाथन कार्यक्रमको रहेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरू पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्ने बताए । उनले पृथ्वीको तापमान वृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको पनि बताए ।

कार्यक्रममा बैंकका कर्मचारी लगायत सरोकारवाला गरी ६ सय ५६ जना सहभागी थिए ।

1605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका