जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डका अध्यक्ष हमालसँग प्रष्टीकरण, छानबिन गर्न समिति गठन हुने

धितोपत्र बोर्डका अध्यक्ष हमालसँग प्रष्टीकरण, छानबिन गर्न समिति गठन हुने

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग अर्थमन्त्रालयले प्रष्टीकरण मागेको छ। संचार माध्यममा आएका समाचारलाई लिएर हमालसँग प्रष्टीकरण मागिरएको अर्थमन्त्रालयले जनाएको छ।

अर्थसचिव तोयम रायाले आज सोमबार दिउँसो मन्त्रालयमा डाकेर हमालसँग संचार माध्यममा आएका समाचारका बारेमा प्रष्टीकरण मागेका हुन्। हमालमाथि लागेका आरोपबारे अर्थमन्त्री विष्णु पौडेल सिरियस भएपछि उनकै निर्देशनमा अर्थसचिव रायामार्फत मौखिक प्रष्टीकरण लिइएको हो।

अहिले मौखिक प्रष्टीकरण लिइए पनि आरोपको सत्यताबारे छानबिन गर्न समिति नै गठन हुने अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जानकारी दिएको छ।

हमालमाथि प्राथमिक सेयर (आइपीओ), ऋणपत्र, बुक बिल्डिङलगायतका लागि स्वीकृति माग्न गएका कम्पनीसँग पैसा माग गरेको आरोप लागेको छ। यद्दपि हमालले आफूमाथि लगाइएको आरोप मिथ्या भएको जवाफ दिएका छन्।

केहि व्यक्ति तथा समुहहरु आफूमाथि सुनियोजित रुपमा लागेकाले विभिन्न आरोप लगाइएको जवाफ दिएको अध्यक्ष हमालले बताए।

‘अर्थमन्त्रालयले बोलाएर गएको हो, समसामयिक विषयमा कुरा गर्न होला भन्ने थियो तर अहिले मलाई आरोप लगाएर आएका समाचारको सत्यताबारे जानकारी लिनलाई बोलाइएको रहेछ’, अध्यक्ष हमालले भने, ‘केहि व्यक्ति तथा समूहले सुनियोजित रुपमा चलाएको अभियान हो, छानबिनका लागि तयार छु ।’

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका