जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मर्जरमा जान तीन बीमा कम्पनीलाई प्राधिकरणको पत्र

मर्जरमा जान तीन बीमा कम्पनीलाई प्राधिकरणको पत्र

नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई पत्र काटेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरको सम्बन्धमा पत्र काटेको हो ।

प्राधिकरणले क्रसहोल्डिङ भएका यी कम्पनीलाई पत्र काट्दै मर्जर जाने हो वा होइन ? भन्ने विषयमा जवाफ मागेको छ । साथै, यस विषयमा थप छलफल गर्न यी तीन वटै कम्पनीका अध्यक्षलाई आगामी बुधबार अर्थात माघ १८ गते बीमा प्राधिकरणमा बोलाइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

बीमा प्राधिकरणले एकै व्यक्ति वा समूहको दुई वा सोभन्दा बढी ठाउँमा सेयर भएका (क्रसहोल्डिङ) कम्पनीलाई मर्जरमा जान जोड दिँदै आएको छ । यससँगै यी तीन कम्पनीलाई पनि प्राधिकरणले बारम्बार पत्राचार गर्दै एक आपसमा मर्ज हुन जोड गरेको छ । यद्पि निर्देशन भने दिइसकेको छैन ।

स्रोतका अनुसार यी कम्पनीबीच स्वाप रेसियोको विषयमा कुरा मिलिनसकेकोले मर्जरको प्रकृया अघि बढ्न नसकेको बुझिन्छ । स्वाप रेसियोमा कुरा मिलेमा छिट्टै मर्जरको प्रक्रिया अघि बढाइने उक्त श्रोतले भन्यो ।

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रूपैयाँ छ । आइएमई जनरल इन्स्योरेन्सको १ अर्ब १५ करोड र प्रुडेन्सियल जनरल इन्स्योरेन्सको १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ । यी तीन कम्पनी एक आपसमा बराबर हैसियतमा मर्ज भएमा मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी साढे तीन अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

आगामी चैत मसान्तसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम साढे २ अर्ब र जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) को निर्देशन छ । प्राधिकरणले गत २०७८ चैत १० गते नै एक वर्षभित्र तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको थियो ।

उक्त निर्देशन अनुसार चुक्ता पुँजी पुर्याउन अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका छन् । त्यसैले पनि पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको दौडधुप बढी देखिन्छ । केहीले भने मर्जरको प्रकृया सकेर एकीकृत कारोबार समेत गरिसकेका छन्, केही एकीकृत कारोबार गर्ने तयारीमा छन् भने केहीले मर्जरको प्रकृया नै शुरु गरेका छैनन् ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका