जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी

प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुको खुद नाफामा ४.२५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पुस् मसान्तसम्म ९ करोड ४७ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ०.१४ प्रतिशतले बढेर ४० करोड २८ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको बीमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कम्पनीको रिजर्भ कोष २३.४० प्रतिशतले घटेर २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०० रुपैयाँ रहेको छ ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।